प्रचण्डकाे खुलासा- मुख्य काम संविधान बचाउने हो, फेरि प्रधानमन्त्रीमा म दावी गर्दिनँ

khabarwave
७ माघ २०७७

काठमाण्डाै । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड- नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापना भयो भने शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार्न आफूलाइ केही अप्ठ्यारो नभएकाे बताएका छन्। आफू संसदीय दलको नेता भए पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने नरहेको प्रचण्डले बताए। ‘मुख्य काम संविधान बचाउने हो,’ उनले भने, ‘फेरि प्रधानमन्त्री म दावी गर्दिनँ। उनले पहिले पनि देउवालाई प्रधानमन्त्री बनाएकै हुनाले नेपाली कांग्रेस र आफूहरूका बीचमा समझदारी हुने विश्वास गरेका छन्।

प्रचण्डले मंगलबार बेलुकी पत्रकार ऋषि धमलासँग जनता जान्न चाहन्छन् कार्यक्रममा अन्तर्वार्ता दिँदै केही दिनमा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिने पनि बताएका छन्। संविधानको हत्या भयो भने विद्रोह र विरोध भइरहने उनको भनाइ छ। लोकतन्त्र र संविधान रक्षाका लागि आफूहरू जतिसुकै लचिलो हुन पनि तयार रहेको कुरा देउवालाई भनेको पनि प्रचण्डले बताए।

कांग्रेस निरन्तर रूपमा लोकतान्त्रिक प्रणालीमा रहेकोले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने अलोकतान्त्रिक कदम विरूद्धमा कांग्रेससँग आफूहरूको समझदारी हुने उनले बताएका छन्।

 

 

Loading spinner