प्रचण्डकाे कार्यकारी अधिकार खोसिएपनि अध्यक्षमा भने यथावत,प्रदेश इन्चार्ज फेरिए, गुट बदलेका रायमाझीलाई जनसंगठनको इन्चार्ज पाए

khabarwave
९ पुष २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकाे बालुवाटारमा बसेको  बैठकले पुष्पकमल दाहाल प्रचण्डकाे कार्यकारी अधिकार खोस्ने निर्णय गरेपनि अध्यक्षबाट भने हटाइएको छैन ।  बैठकले प्रचण्ड – माधव समूहमा लागेका प्रदेश इन्चार्जहरु हटाएको छ । प्रदेश १ को इन्चार्जबाट भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिइएको छ ।

बागमती प्रदेश इन्चार्जबाट अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेल, कर्णाली प्रदेश इन्चार्जबाट जनार्दन शर्मालाई हटाएर मणि थापा र कर्णाली प्रदेशबाट भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ । प्रदेश २ मा सत्यनारायण मण्डल ,गण्डकी प्रदेश इन्चार्जमा पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेश इन्चार्जमा शंकर पोखरेल भने यथावत छन् । टोपबहादुर रायमाझीलाई जनसंगठन इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ ।

Loading spinner