प्रचण्डकाे आक्राेश , ओलीले नै श्री ३ महाराजधिराज हुन्छु भनेर हुन्छ ?

khabarwave
१४ पुष २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले नै श्री ३ महाराजधिराज हुन्छु भनेर हुन्छ भनेर कडा आक्राेश पाेखुका छन । उनले वैशाखपछि  चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरेका छन ।

प्रचण्ड–माधव समूहले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने हुनेबाला चुनाव घोषणा भएकै होइन ।छँदोखाँदोको बहुमत छोडेर दुर्घटना गराउनेले चुनाव गराउँछन् भन्ने ठान्नु गल्ती हुने उनले बताउदै उनले अघि भने, चुनाव त हुँदैन ।

 

Loading spinner