
प्रगतिनगरमा प्रभुको शाखा
काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा कार्तिक १९ गतेदेखि नवलपरासीको देवचुली नगरपालिका १५ स्थित प्रगतिनगरमा २११ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको हो । प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।