
पूर्व राज्यमन्त्री खोभारीसहित १० जना जुवा खालबाट पक्राउ
काठमाडौं ।महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले पूर्व राज्यमन्त्री खोभारी रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर ले जानकारी दिएकाे छ । जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।खोभारी राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा उनी राज्यमन्त्री भएका थिए ।
२०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका उनी २०६८ सालमा डा. बाबुराम भट्टराईको पालामा पनि राज्यमन्त्री बनेका थिए । राय २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।