पूर्व राजदूत राजभण्डारीको निधन

khabarwave
११ आश्विन २०७७

काठमाडौँ । पूर्व राजदूत पुस्करमान सिंह राजभण्डारीको ८० वर्षको उमेरमा निधन भएको छ । राजभण्डारीको शुक्रबार साँझ हात्तीगौडास्थित आफ्नै निवासमा निधन भएको उनको परिवारले जनाएको छ । शनिबार बिहान उनको अन्तिम संस्कार गरिएको थियो । राजभण्डारी सन् १९६९ मा शाखा अधिकृतबाट परराष्ट्र सेवामा प्रवेश गरेका थिए ।

उनले पाकिस्तान, रुस, चीन र थाइल्यान्डस्थित नेपाली नियोगमा विभिन्न पदमा रहेर काम गरेका छन् । उनले सन् २००३ देखि सन् २००६ सम्म पाकिस्तानको राजदूतको जिम्मेवारी सम्हालेका थिए । राजभण्डारी पूर्व करिअर राजदूत क्लब समूहका अध्यक्ष पनि थिए ।

Loading spinner