पूर्वप्रधानमन्त्री डा.भट्टराई उपचारकालागि आज नयाँदिल्ली जाँदै

khabarwave
९ फाल्गुन २०७७

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई उपचारकालागि आज भारतको राजधानी नयाँदिल्ली जाँदै छन् । दिल्लीस्थित ‘इन्स्च्यिुट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उनको उपचार हुने छ ।

डा. भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली जान लागेको उनको सचिवालयले पनि जनाएको छ । उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् ।चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी त्यसको उपचारका लागि दिल्ली जान लागेको बताइएकाे छ ।

Loading spinner