पूर्वप्रधानन्यायाधीश सिंहको एक सय वर्षको उमेरमा निधन

khabarwave
३१ भाद्र २०७७

काठमाडौं । पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको एक सय वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे उनको निधन भएको हो । चिकित्सकका अनुसार निमोनियाका कारण उनको निधन भएको हो ।विसं २००३ सालमा झापा गोश्वाराको हाकिम भइ सरकारी सेवामा प्रवेश गरेका उनले वि।सं। २००४ सालदेखि २०११ सालसम्म झापा, दाङ, तौलिहवा र पाल्पाको बडाहाकिम भई काम गरेका थिए । उनी २०१२ सालमा शाही सल्लाहकारमा मनोनयन पनि भएका थिए ।

त्यसपछि २०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत गठन भएपछि प्रधान न्यायाधीशका रुपमा अनिरुद्र प्रसाद सिंहले तीन वर्षसम्म न्यायालयको नेतृत्व गरेका थिए ।

२०१६ सालमा उनी लोकसेवा आयोगको अध्यक्ष पनि भएका थिए । त्यसपछि उनी कानुन, वनलगायतका मन्त्री पनि भए । २०१८ सालमा उनलाई राजा महेन्द्रले नारायणहिटी राजदरबारमा कार्यालय स्थापना गरी विशेष जाहेरी विभागको प्रमुख नियुक्त गरेका थिए ।

२०३२ सालमा उनलाई संविधान सुधार आयोगको अध्यक्ष पदमा मनोनयन गरिएको थियो । २०३४ सालमा तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्तमा उनी नियुक्त भएका थिए । अख्तियारमा २०३४ साल पुस १३ गतेदेखि २०४२ साल बैशाख ३० गतेसम्म कार्यरत उनी राजसभा स्थायी समितिको सभापतिसमेत भएका थिए ।

Loading spinner