पुल्चोकको झडपमा खटिएका १८ प्रहरीलाई नै कोरोना

khabarwave
१९ भाद्र २०७७

काठमाडौं । आज काठमाडौं उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसरी संक्रमित हुनेमा बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरी समेत रहेका छन् । रातो मत्स्येन्द्रनाथको रथ तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । त्यहाँ भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको बताइएको छ । सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको पाइएको छ । यस्तै ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

Loading spinner