पीसीआर टेष्ट घटाइएसँगै संक्रमितकाे संख्या ५०२

khabarwave
२ मंसिर २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ३३९ जना काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । उनीहरुमध्ये १२४७ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजार २४२ जना संक्रमणमुक्त भएका छन् ।

 

Loading spinner