पिसीआर परीक्षण घट्दा संक्रमितकाे सख्या ५सय ७० मात्र, एकैदिन ३१सय ६८ जना निको भए

khabarwave
११ कार्तिक २०७७

काठमाण्डाै । सोमबार विजयादशमी रहेको र धेरैजसो ल्याबहरु बन्द रहेका कारण त्यसकाे असर काेराेना परिक्षणमा परेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७सय २५ जनाको मात्र पिसीआर परीक्षण हुँदा  ५७० जना कोरोनाभाइरस संक्रमित भएकाे पुष्ट्रि भएकाे छ ।संक्रमितमा २११ जना महिला र ३५९ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर ३१सय ६८ जना निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ

देशभर कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ।  संक्रमितमध्ये हालसम्म १ लाख १८ हजार ८४३ जना निको भएको  मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमित ४० हजार ६३१ जना रहेका छन् ।

Loading spinner