नेपाल विद्युत प्राधिकरण भन्छ-फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था छैन

khabarwave
१७ पुष २०७७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले  ३ वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेको र फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको जिकिर गरेकाे छ  ।शुक्रबार प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन आयोजना गरी उनले अनावश्यक रुपमा विजुली काट्ने काम नभएको र प्राविधिक कारणले बिजुली काटिँदा लोडसेडिङ भन्न नमिल्ने पनि बताएका छन ।

अहिले नेपालको विद्युत प्रणालीमा प्राधिकरणको आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युत माग बराबर नै आपूर्ति गरिराखेको शाक्यले बताएका थिए ।

राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोधलाई लोडसेडिङ नभन्न समेत उनले आग्रह गरेका छन ।

Loading spinner