पार्टी एकताका सुत्रधार महासचिवबाटै नेकपाकाे बिवाद गम्भीर संकटको मोडमा पुगेकाे  खुलासा

khabarwave
१६ कार्तिक २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे बिवाद गम्भीर संकटको मोडमा पुगेको  खुलासा भएकाे छ । पार्टी एकताका सुत्रधार महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी एकता गम्भीर संकटको मोडमा पुगेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पौडेलले पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत प्रश्न उठेको बताएका छन् ।सामाजिक सञ्जालमा उनले निकै चिन्तित बनेको छु, त्यसैले आफ्नो कुरा सार्वजनिक गरेको हुँ भन्दै महासचिव पौडेलले राजनीतिक स्थायीत्व सुनिश्चित गर्न, संविधानको प्रभावकारी कार्यान्वयन र ‘समृद्ध नेपाली, सुखी नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्दै समाजवाद तर्फ अगाडि बढ्न पार्टी एकता भएको उल्लेख गरेका छन् । तर, अहिले एकताको औचित्व बिपरीत पार्टी संकटतिर धकेलिएको बताएका छन ।

महासचिव पौडेलले भनेका छन -तर, नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले एकताको औचित्य खण्डित नहुने पनि उनले उल्लेख गरेका छन् । ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्दैन । तसर्थ, आपसी अन्तरविरोधलाई सम्वादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।’

Loading spinner