पार्टीको बैंक खाता रोक्का गर्न आग्रह गर्दै पत्राचार

khabarwave
१५ पुष २०७७

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीको बैंक खाता रोक्का गर्न आग्रह गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले बैंकहरुमा पत्राचार गरेका छन् ।नेकपाका नेता अनुसार पार्टीको नाममा भएका सम्पत्ति कसको भन्ने टुंगो नलागुञ्जेलसम्म रोक्का राख्ने निर्णय अघिल्लो साता बसेको केन्द्रीय कमिटी बैठकले गरेको थियो ।

पार्टीभित्र विवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै उनीहरुले नेकपाको खाता रहेका बैंकहरुमा इमेलमार्फत पत्र पठाएका छन् ।पुस १२ गतेको मिति उल्लेख भएको पत्र बुधबार बैंकहरुमा पुगेको छ । यो विषय बैंकहरूले निर्णय गर्न नसकिने भएकाले राष्ट्र बैंकमा जानकारी गराइएकाे बताइएकाे छ ।

 

Loading spinner