पानी जहाज सञ्चालनकालागि चाहिने जनशक्ति उत्पादनकालागि तालिम केन्द्र स्थापना हुँदै ,उपयुक्त स्थानकाे खाेजी

khabarwave
१९ पुष २०७७

काठमाण्डाै । नेपालमा पानी जहाज सञ्चालनकाे चर्चा  सुरु  भएपछि पानी जहाज सञ्चालनका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्नका लागि नेपाल मरिन ट्रेनिङ  रिसर्च सेन्टर स्थापनाकाे पहल शुरू भएकाे छ । विदेशमा अध्ययन गरेर यस क्षेत्रमा कार्यरत रहिसकेका नेपाली युवाहरूकाे पहलमा  यसकालागि सम्भाव्य अध्ययनका साथै स्थापनाकाफागि जग्गा खाेजी गर्ने कार्य भइरहेको छ । उक्त अभियानकाका अभियानकर्मी मरिन  इन्जिनियर निशान  आर्चायकाअनुसार सेन्टर स्थापना भएपछि पानीजहाज संचालनको लागि चाहिने   जनशक्ति नेपालमै उत्पादन हुने र त्यस्तै प्राकृतिक विपत्त न्युनिकरणकालागि लागि चाहिँ  जनशक्ति उत्पादन गरिनेछ ।  उनका अनुसार वर्षमा करिब ६ सय  जनशक्ति उत्पादन  गर्ने  लक्ष्य राखिएको छ ।  जहाज सञ्चालनका लागि चाहिने दक्ष जनशक्ति,गोताखोर , भूकम्प ,आगलागी जस्ता प्राकृतिक बिपत्ति बाट हुने क्षति न्यूनीकरणका लागि चाहिने जनशक्ति  उत्पादन गर्न  नेपालमै पहिलोपटक हुन लागेको खोल्न लागेको उक्त संस्थामा आचार्य लगायत नेपाली र बिदेशी युवाकाेपनि लगानी रहने छ ।  पहिलोपटक काठमाडौ वा चितवनमा  स्थापना गर्न लागेको उक्त संस्था आवश्यकता अनुसारदेशका अन्य भागमापनि  बिस्तारैविस्तार गर्ने लक्ष्य  राखिएको छ ।  कम्पनीले नेपाल सरकारलगायत सराेकारवाला सबैको साथ सहयोगको अपेक्षा राखेको छ । नेपालमा पानी जहाज   कार्यालयले  नियमन गर्ने उक्त कम्पनि स्थापना भएपछि  पानी जहाज र प्राकृतिक विपतका लागि चाहिने  जनशक्ति नेपालमै उपलब्ध हुने र राेजगारी  प्रदान हुने बताइएको छ ।  कम्पनि स्थापनाका लागि  लगानीकर्ताहरूले       पानीजहाजसम्बन्धी कानून पारित कहिले हुन्छ भनेर कुरिरहेका छन ।

( नेपाल मरिन ट्रेनिङ रिसर्च सेन्टर स्थापनाका अभियनकर्ता मरिन इन्जिनियर निशान आर्चाय )

पानी जहाज कार्यालय खुल्नासाथै ‘पानीजहाज दर्तासम्बन्धी ऐन २०२७’ लाई प्रतिस्थापन गर्न नयाँ ऐन ल्याउन तयारी थालियो । कार्यालयले अन्तर्राष्ट्रिय अभ्यास, जल यातायात र पारवहनसम्बन्धी कानून, सन्धि, महासन्धि, अभिसन्धि र नेपालको कानूनी व्यवस्था लगायतका अध्ययन गरेर, ऐनको मस्यौदा बनाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइएकाे छ।त्यसबाहेक केही नदीमा पानीजहाज चलाउन भनेर अध्ययन गरेको छ ।

प्रस्तावित ऐनले जल यातायात सञ्चालन, व्यवस्थापन र नियमन गर्नेछ । त्यसपछि नेपाली ध्वजाबाहक पानीजहाज समुन्द्रमा चलाउने सरकारी घोषणा कार्यान्वयनको बाटो खुल्छ । अन्तर्राष्ट्रिय अभ्यास पछ्याउने यो ऐनले सामुन्द्रिक बन्दरगाहबाट नेपालसम्म पानीजहाज ल्याउने सरकारी योजनालाई कानूनी आधार दिने छ । याे सँगै पानी जहाज सञ्चालनका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्नका लागि कम्पनि स्थापना गर्न कानुनी बाटाे खुल्ने छ ।

 

 

 

Loading spinner