परीक्षण घट्याे,८९९ मा कोरोना संक्रमण पुष्टि

khabarwave
२७ मंसिर २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको जनाएकाे छ । देशभरका प्रयोगशालामा ५ हजार २४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । उनीहरुमध्ये २ लाख ३४ हजार २३१ जना संक्रमणमुक्त भएका छन् भने १६८९ जनाको मृत्यु भएको  जनाएको छ ।

Loading spinner