परीक्षण घटाउदा संक्रमण दरपनि घट्याे, एकैदिन ४ हजार ५ जना निको भएर फर्किए

khabarwave
१० कार्तिक २०७७

काठमाण्डाै । परीक्षण घटाउदा कोरोना संक्रमण दरपनि घटेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७सय ४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा १०६४ पुरुष तथा ६७७ महिलामा संक्रमण पुष्टि भएको हाे ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ । हाल ४३ हजार २९३ जना सक्रिय संक्रमित रहेका छन् ।यही अवधिमा ४ हजार ५ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या १ लाख १५ हजार ६७५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या ८६२ पुगेको छ ।

Loading spinner