नेपाल वायुसेवा निगममा नयाँ महाप्रवन्धकमा

khabarwave
२३ आश्विन २०७७

काठमाडौं । नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको महाप्रवन्धकमा डिमप्रकाश पौडेल (प्रकाश)लाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रवन्धक नियुक्त गरेको हो ।

उनी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ता हुन् । उनी पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । उक्त संस्थामा अध्यक्षकारूपमा सुशिल घिमिरे कार्यरत छन ।

Loading spinner