नेपाल एयरलायनेसकाे सम्पत्ति ५४ अर्ब

khabarwave
१२ भाद्र २०७७

 

नेपाल एयरलाइन्सको सम्पत्ति तथा ऋणको अध्ययन समेत गरियको छ । यसअनुसार निगमको कूल सम्पत्ति ५४ अर्ब १७ करोड देखिएको छ ।

निगमको दायित्व भने ४५ अर्ब रुपैयाँ देखिएको छ । यससँगै अब नेपाल वायुसेवा निगमलाई निजीकरणको प्रक्रियामा लैजान समेत सहज हुनेछ । किनकी यसअघि कम्पनीको वित्तीय अवस्थाबारे यकिन नहुँदा लगानीकर्ताले आँट गर्न सकेका थिएनन् ।

पछिल्लो अध्ययन अनुसार निगमको ऋण कुल सम्पत्तिको तुलनामा ८ अर्ब ३३ करोड रुपैयाँ कम भएको पाइएको छ । निगमलाई सबैभन्दा धेरै ऋण पछिल्लो समय किनिएका चार वटा जहाजका कारण लागेको हो ।

यी जहाज खरीदमा मात्र कुल ३४ अर्ब ऋण लागेको हो । यसबाहेक विगतमा विभिन्न काण्डमा फसेको रकमले समेत निगम ऋणमा डुबेको हो ।

। नेपाल वायुसेवा निगमले संचालन तथा व्यवस्थापनबाट हात झिकेका ५ वटा चिनियाँ जहाजको व्यवस्थापनमा के गर्ने भन्ने सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालयको राय मागेको छ ।

पर्यटनमन्त्री योगेश भट्टराईका अनुसार अर्थले दिने रायका अनुसार चिनियाँ जहाज व्यवस्थापनको प्रक्रिया अगाडि बढ्नेछ । चिनियाँ जहाज नचलाउने निगमको निर्णयमा भने मन्त्री भट्टराई समेत सहमत छन् ।‘पटक पटकको अध्ययनबाटै निगमले यी जहाज चलाउँदा फाइदा नहुने निष्कर्षमा पुगेको हो’, मन्त्री भट्टराईले भने, ‘तर कतिपय जहाज अनुदानमा समेत आएका कारण अर्थको राय मागेका हौं । यी जहाजको नेपाल सरकारले ऋण समेत भुक्तानी गर्न बाँकी छ ।’

सोहीकारण अर्थले दिने रायका आधारमा मन्त्रालयले प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा लैजाने भएको छ । यसअघि निगमले गत साउन १६ बाट ६ वटै जहाज संचालन नगर्ने निर्णय गरी मन्त्रालयमा पत्र लेखेको थियो ।

निगमले आफूले जहाज नचलाउने भन्दै व्यवस्थापन गर्न सरकारको जिम्मा लगाएको थियो । यी जहाजको स्वामित्व समेत नेपाल सरकारसँग नै रहेको छ ।

चिनियाँ जहाज विस्थापनबाट आन्तरिक उडानमा हुने अभाव परिपूर्ति गर्न भने थप जहाज ल्याउने योजना रहेको उनले सुनाए । यसको गृहकार्य निगमले गरिरहेको छ । आन्तरिक उडानमा निगमको उपस्थिति शून्य नहोस भनेर जहाज थप गर्दै जाने योजना रहेको उनले बताए ।

‘राष्ट्रिय अन्तर्राष्ट्रिय दुबै गन्तव्यमा जहाज थप गर्नुपर्ने आवश्यकता छ’, उनले भने । उनका अनुसार निगमले कोभिडको असर सकिएसँगै साउदी, चीन र दक्षिण कोरियामा उडान गर्ने गरी अन्तिम तयारी पुरा गरेको छ । अहिले निगमको जहाज लामो दूरीमा जापानको नारिता पुग्छ ।

 

Loading spinner