नेपाली फिल्मको पहिलो छायाँकार मास्केको निधन

khabarwave
१ कार्तिक २०७७

काठमाडौं । नेपाली फिल्म​ क्षेत्रको प​हिलो छायाँकारवैकुण्ठमान​ मास्केको निधन भएको छ। निदान अस्पतालमा उपचाररत् उनको शुक्रवार निधन भएको हो। किड्नीका बिरामी ८३ वर्षीय उनमा कोभिड १९ समेत पुष्टि भएको थियो।

मास्केले २०२१ साल​मा पुनास्थित​ भार​तीय​ फिल्म​ प्राविधिक शिक्षाल​य​बाट​ सिनेम्याटोग्राफीमा डिप्लोमा गरेका थिए। औपचारिक पढाइ सकेयता उनी नेपाली फिल्म क्षेत्रमा सक्रिय रहे। उन​ले प​रिव​र्त​न​, म​न​को बाँध​, हिजो आज​ भोलि ल​गाय​त​ दुई द​र्ज​न​ ब​ढी फिल्म​ खिचेका छ​न्। मास्के गत वर्ष पहिलो नेपाली चलचित्रलाई सम्पादन गर्ने प्राविधिकको रुपमा राष्ट्रपतिबाट सम्मानित भएका थिए।

नेपाल चलचित्र निर्माता संघले वीरगञ्जको आदर्शनगर रंगशालामा आयोजना गरेको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ को अवसरमा उनलाई सम्मानित गरिएको हो।

मास्केको नेपाली सेनाको स​लामीस​हित​ शुक्र​वार​ नै प​शुप​तिको विद्युतीय​ शवब​दाह​मा अन्त्य​ष्टि ग​रिएको छ। उनकी श्रीमती र एक छोरी छिन्। श्रीमती विमला मास्के अवकाश प्राप्त सह सचिव हुन्।

Loading spinner