नेकपा सचिवालय बैठक स्थगित,आइतबार बस्ने

khabarwave
१७ आश्विन २०७७

 

काठमाडौं । हालै सरकारले गरेका केही महत्वपूर्ण राजनीतिक नियुक्ति र पार्टीका अन्य विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज  ४ बजे बोलाएको सचिवालय बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सल्लाहमा बैठक स्थगित गरिएको हो । बैठक आइतबार बस्ने भएकाे छ। मन्त्रिपरिषद विस्तारको केही दिनयता दुई अध्यक्षबीच निरन्तर छलफल भईरहेपनि सहमति भने जुट्न सकेको छैन ।यस अगाडि असोज ४ गते बसेको सचिवालयको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको सैद्धान्तिक विषयमा सहमति भएको थियो ।

Loading spinner