नेकपा सचिवालय पेरिसडाँडामा बस्दै, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने

khabarwave
४ आश्विन २०७७

काठमाडौं। तत्कालिन नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडामा आज सत्तारुढ दल नेकपा सचिवालय बैठक आज बस्दैछ। शुक्रबार बस्ने भनिएको बैठक आज बस्न लागेको हो । यसअघि सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको थियो। एमाले र माओवादी केन्द्रबीच एकता हुँदा माउ पार्टीको केन्द्रीय कार्यालय धुम्बाराही र भातृ संगठनको कार्यालय पेरिसडाँडामा राख्ने सहमति भएको भएको थियो।

उक्त सहमति अनुसार केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक यसअघि धुम्बाराहीमा र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए। तर यो पटक सचिवालय बैठक पेरिसडाँडामा बस्ने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको थियो। बुधबार दुई अध्यक्षबीच भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सचिवालय बैठक पेरिसडाँडामा राख्न प्रस्ताव गरेका थिए।
सविचलाय बैठकमा विवाद समाधानका लागि गठित कार्यादलले बुझाएको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ। स्रोतका अनुसार आज बस्ने सचिलाय बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल हुनेछ।

Loading spinner