नेकपा बिवादमा शीतल निवासकाे चासाे,राष्ट्रपति -प्रचण्ड भेट जारी

khabarwave
२ मंसिर २०७७

काठमाडौं ।  आन्तरिक विवाद चुलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले  बुधबारका लागि बोलाइएको सचिवालय बैठक सार्न चाहेका छन् । तर कार्यकारी अध्यक्ष प्रचण्डले बैठक सार्ने भएपनि सचिवालय बैठकले मात्र सार्न सक्ने बताएका छन्। यसअघि  प्रचण्डलाई भेट्न नेकपा महासचिव विष्णु पौडेल खुमलटार पुगेका थिए । यसअघि शनिबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न राष्ट्रपति निवास शीतल निवास पुगेका थिए ।

Loading spinner