नेकपा बिवादमा चिनियाँ चासाे , भेट गाेप्य

khabarwave
३ मंसिर २०७७

काठमाडौं । नेकपाकाे विवाद उत्सर्गमा पुगेका बेला  प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाइ भेटका छन् । चिनियाँ राजदूत होउ सक्रियता पुनः बढेको छ । उनले मंगलबार राति प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेकी हुन् । यसअघि पनि आन्तरिक विवादका कारण झण्डै फुट नजिक पुगेको नेकपालाई जोगाउन राजदूत यान्छीले भूमिका खेलेकी थिइन ।

अहिले फेरि चर्किएको नेकपा विवाद मिलाउन चिनियाँ राजदूतको सक्रियता बढेको छ । कतिपयले यसलाई आन्तरिक मामिलामा हस्तक्षेपको रुपमा लिने गरेका छन् । भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टासम्म चलेको स्रोतले बताइएकाे छ । भेटमा भएकाे छलफल गाेप्य राखिएकाे छ ।

Loading spinner