नेकपा नेतृकाे प्रधानमन्त्रीलाइ सुझाब-संघीयता खारेज गर्नु हाेस्

khabarwave
१७ पुष २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेपाल कम्युनिस्ट पार्टीकी नेतृ निरुदेवी पालले संघीयता खारेज गर्नु पर्ने धारणा राखेकी छन्।पहिलो पटक २०७२ सालमा ओली प्रधानमन्त्री हुँदा पाल प्रधानमन्त्रीको सल्लाहकार समूहमा थिइन् ।

विघटित प्रतिनिधि सभा सांसदसमेत रहेकी पालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा प्रदेशहरू नेतालाई जागिर खुवाउने थलो मात्रै भएको पालले उल्लेख गरेकी छन्। उनले भनेकी छिन -‘सम्माननीय प्रधानमन्त्रीज्यू आँट गर्नुस्, संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५, केन्द्रको मन्त्रिमण्डल बढीमा १५, सदस्यीय र भ्रष्टाचारीलाई जेलका कालकोठरीमा सडाउने आँट गर्नुस्। नेपाली जनताको मनमस्तिष्कमा सधैँ बस्नु हुनेछ। मेरो व्यक्तिगत विचार,।

 

Loading spinner