नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषदबाट को हट्ने, को मन्त्री बन्नेबारे गभ्भिर छलफल

khabarwave
४ आश्विन २०७७

काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरु सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेका हुन् ।पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार बसेको सचिवालय बैठक  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने गर्ने निष्कर्ष निकालिएकाे हाे ।मन्त्रिपरिषदबाट  को–को हट्ने, को–को मन्त्री बन्ने भन्ने छलफल हुन बाँकी छ ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तीन विकल्प  अहिलेका सबै मन्त्रीलाई हटाउने ,  सुरुमा मन्त्री भएकाहरुलाई हटाउने वा केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने     तीन विकल्प   अगि सारेका छन ।पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पनि सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनगर्ठनबारे सैद्धान्तिक छलफल भएको  जानकारी दिएका छन् ।

 

 

Loading spinner