
नेकपाको वैधानिकता विवाद हेरिरहेका कानुन सहसचिबकाे सरूवा
काठमाडौं । निर्वाचन आयोगका सह–सचिव लक्ष्मी गौतमलाई सरुवा गरिएको छ । गौतमको कानून आयोगमा सरुवा भएको छ । आयोगको कानून महाशाखामा भने गृह मन्त्रालयका पुरस्कार सापकोटा लगिएका छन् ।
गौतम आयोगको कानून तथा राजनीतिक महाशाखा प्रमुख थिए । नेकपाको वैधानिकता विवाद हेरिरहेका उनलेओली र प्रचण्ड–माधव समूहलाई सात दिने म्यादसहितको पत्र काटेका थिए ।दश महिना अगाडि मात्रै मुख्यमन्त्रीको कार्यालय, हेटौडाबाट गौतम निर्वाचन आयोगमा आएका थिए ।