बिवाद समाधानको अस्त्र मानिएको प्रतिबेदनमा के छ? (पूर्ण पाठसहित)

khabarwave
२४ भाद्र २०७७

काठमाडौं । नेकपाभित्रको विवाद मिलाउने अपेक्षा गरिएको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको प्रस्तावमा प्रधानमन्त्री केपी ओली पूरै कार्यकाल प्रधानमन्त्री हुने प्रस्ताव गरिएको छ ।

नेकपा स्थायी कमिटी बैठकमा यस्तो प्रस्ताव पेश हुँदैछ। भदौ २६ गते बस्न लागेको स्थायी कमिटी बैठकका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको प्रस्तावमा यस्तो उल्लेख गरिएको छ। त्यस्तै प्रचण्डलाई कार्यकारी अधिकारसहित समग्र पार्टी कामको जिम्मेवारी दिने भनिएको छ। यसअघि नेकपा विवाद मिलाउन गठित कार्यदलले पेश गरेको प्रतिवेदनलाई परिमार्जन गरी दुई अध्यक्षले प्रस्ताव तयार पारेका हुन्। प्रस्तावमा अध्यक्षद्वयको कार्यविभाजन तथा कार्यविधि स्पष्ट गर्ने शीर्षकमा यसलाई अझै प्रष्ट पार्न खोजिएको छ। ‘पार्टीमा दुई अध्यक्षात्मक व्यवस्थाको समझदारीपूर्ण एवम् प्रभावकारी कार्यान्वयन हुन नसक्दा शीर्ष नेतृत्व तहमा अविश्वास र अन्तरविरोध उत्पन्न हुने गरेको छ।

पार्टी विधान बमोजिम अध्यक्षद्वयको सहमति र महासचिवसँगको परामर्शमा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तयारी गरी सम्बन्धित कमिटीको बैठकमा पेश गर्ने र तदअनुरुप बैठक सञ्चालन गर्ने समेत प्रस्तावमा भनिएको छ। त्यस्तै, सामूहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणालीलाई अवलम्बन गर्ने र सवल गराउने समेत भनिएको छ। अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागत रुपमा अघि बढाउ समन्वय गर्नेसमेत प्रस्तावमा भनिएको छ।

(प्रस्तावमा के छ ?)

Loading spinner