नेकपाकाे स्थायी कमिटी बैठक प्रधानमन्त्रीकाे उपस्थितिमा बालुवाटारमा बस्दै,सहमति खाेज्ने प्रयास सार्थक बन्न सकेन

khabarwave
२८ मंसिर २०७७

काठमाण्डाै ।  प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली आइतबार बस्ने पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुने भएका छन्। यसअघि मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको आरोप पत्रमाथि हुने छलफलमा भाग लिन नसक्ने समेत उनले स्थायी कमिटीमा पत्र पठाउँदै  उल्लेख गरेका थिए।

स्थायी कमिटी बैठकको एजेन्डा पार्टीमा देखिएका समस्याबारे छलफल गर्ने भन्ने तय भएपछि प्रधानमन्त्री पनि सहभागी हुने छन ।
आइतबारको बैठक बालुवाटारमा बस्ने भएको छ। प्रधानमन्त्रीको स्वास्थ्यको दृष्टिकोणले धुम्बाराहीमा बैठक बस्न उपयुक्त छैन भनेर चिकित्सकले सुझाव दिएका छन्। गत आइतबार स्थायी कमिटी बैठक एक साता स्थगित हुँदा सहमतिका लागि प्रयास गर्ने भनिएको थियो। प्रधानमन्त्री ओली पक्षधर नेताहरूले सहमतिका लागि १० दिन समय मागेका थिए।
यो बीचमा सहमतिका लागि गम्भीर रूपमा छलफल हुन सकेन। एकपटक मात्रै दुई अध्यक्षको भेटघाट भयो भने प्रधानमन्त्री निकट नेताहरूसँग प्रचण्डको सामान्य छलफल भएको छ। पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रचण्डलाई भेटेका छन् भने लुम्बिनी प्रदेश मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य शंकर पोखरेल शनिबार प्रचण्ड निवास खुमलटार पुगेका थिए। स्रोतका अनुसार प्रचण्ड र पोखरेलबीच केहीबेर मात्रै छलफल भएको थियो।

 

 

 

 

 

Loading spinner