नेकपाकाे केन्द्रीय समिति बैठक स्थगित, नयाँ मिति मंसिरका लागि तय

khabarwave
१२ कार्तिक २०७७

काठमाडौं । कात्तिक १५ देखि १७ गतेसम्म बस्ने निर्धारण भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्व निर्धारित केन्द्रीय समिति बैठक एक महिनापछि सारिएको छ । कात्तिक १५ देखि १७ गतेसम्म बस्ने निर्धारण भएको बैठक गृहकार्य नपुगेकाले एक महिना पछि घकेलिएको हो । स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने नेकपा कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार जारी गरेको विज्ञप्तिमा जनाइएकाे छ।

विज्ञप्तिमा कोरोना महामारीका कारण बैठक स्थगित गर्नु परेको पनि उल्लेख गरिएको छ ।महासचिव विष्णु पौडेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर नयाँ मिति तय गरिएको हो ।
त्यसका लागि पौडेलले मंगलबार ओली र बुधबार बिहान प्रचण्डसँग छलफल गरेका थिए । महासचिवले दुवै नेतासँगको परामर्शपछि पार्टी कार्यालयले औपचारिक रुपमा बैठक स्थगित भएको जानकारी गराएको हो ।

गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले आगामी चैत २५ बाट सुरु हुने महाधिवेशनको तयारीका लागि कार्तिक १५ मा केन्द्रीय समिति बैठक बस्ने मिति निर्धारण गरेको थियो ।

No photo description available.

Loading spinner