निर्वाचन आयोगबाट नेकपाले पार्टी विभाजनको मान्यता नपाएपछि आजबाट ओली र प्रचण्ड–माधव समुह के गर्लान ?

khabarwave
१२ माघ २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तत्काल पार्टी विभाजनको मान्यता नपाउने भएका छ । नेकपा राजनीतिक रूपमा दुई भागमा बाँडिए पनि निर्वाचन आयोगले कानुनी रूपमा विभाजनको मान्यता नदिने भएसँगै नेकपा तत्काल विभाजन नहुने भएको हो ।

आइतबार बसेको निर्वाचन आयोगको पदाधिकारी बैठकले नेकपाका केपी शर्मा ओली र प्रचण्ड–माधव दुवै पक्षले गरेका पछिल्ला निर्णयलाई मान्यता नदिने र आयोगले ओली र प्रचण्ड अध्यक्ष भएकै पार्टी नेकपा भनेर चिन्ने भएको भन्दै विभाजनका लागि स्वीकृति नदिएको हो ।

राजनीतिक रुपमा विभाजन भएको यो पार्टीमा दुवै पक्षले आधिकारिकताको दावी गर्दै आएका थिए । तर आयोगले तत्काल विभाजनसम्बन्धी कानुनी मान्यता नदिने निर्णय गरेको हो ।आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा ३ लाई आधार बनाएर यस्तो निर्णय गरेको बताइएकाे छ ।

उक्त ऐनको दफा ३३ को उपदफा ३ मा भनिएको छ, ‘यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (२) बमोजिम गठन भएको दल आयोगबाट मान्यता प्राप्त गरेको मितिबाट पाँच वर्षसम्म त्यस्तो दलबाट छुट्टिई अर्को दल गठन हुन सक्ने छैन ।’

 

 

Loading spinner