निगमकाे सम्पति ५४ अर्ब

khabarwave
१२ भाद्र २०७७

 

नेपाल एयरलाइन्सको सम्पत्ति तथा ऋणको अध्ययन समेत गरेको छ । यसअनुसार निगमको कूल सम्पत्ति ५४ अर्ब १७ करोड देखिएको छ ।

उता, निगमको दायित्व भने ४५ अर्ब रुपैयाँ देखिएको छ । यससँगै अब नेपाल वायुसेवा निगमलाई निजीकरणको प्रक्रियामा लैजान समेत सहज हुनेछ । किनकी यसअघि कम्पनीको वित्तीय अवस्थाबारे यकिन नहुँदा लगानीकर्ताले आँट गर्न सकेका थिएनन् ।

पछिल्लो अध्ययन अनुसार निगमको ऋण कुल सम्पत्तिको तुलनामा ८ अर्ब ३३ करोड रुपैयाँ कम भएको पाइएको छ । निगमलाई सबैभन्दा धेरै ऋण पछिल्लो समय किनिएका चार वटा जहाजका कारण लागेको हो ।

यी जहाज खरीदमा मात्र कुल ३४ अर्ब ऋण लागेको हो । यसबाहेक विगतमा विभिन्न काण्डमा फसेको रकमले समेत निगम ऋणमा डुबेको हो ।

Loading spinner