नयाँ बजारमा ग्यास सिलिण्डर बिस्फोट,११ जना घाइते

khabarwave
२९ आश्विन २०७७

काठमाडौं । किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिण्डर बिस्फोट भएको छ । उक्त घर निलकुमारी रहेकाे बताइएकाे छ । किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको हो ।विस्फोटमा ११ जना घाइते भएका छन् ।

३३ वर्षका संकल्प क्षेत्रीका अनुसार सुरुमा भुइँ तलाको भर्‍याङ छेउमा ग्यास बाल्ने क्रममा लिक भएर आगलागी भएको थियो । त्यहाँ अर्को सिलिण्डर पनि थियो र विस्फोट हुँदा ठूलो क्षति भएको हो ।

उनीहरुमध्ये गम्भीर घाइते चार जनालाई मनमोहन अस्पताल लगिएको छ ।

Loading spinner