
नयाँ प्रकारको कोरोना भाइरस संक्रमण भएको आशंका
काठमाडौं । नेपालमा नयाँ प्रकारको कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ ।केही दिनअघि मुक्तिनाथ दर्शन गरेर फर्किएका एक व्यक्तिको परीक्षण गर्दा नयाँ प्रकारको कोरोना भाइरस देखिएको र सो व्यक्तिको सम्पर्कमा रहेका १३ जनाको नमूना परीक्षण गर्दा उनीहरूमा पनि नयाँ भेरियन्टको भाइरस पुष्टि भएको हो । ती व्यक्ति पनि बेलायतबाट फर्किएका व्यक्तिको सम्पर्कमा रहेका थिए ।
कुनै ट्राभल हिस्ट्री नभएका १३ जनामा संक्रमणको आशंका गरिए पनि उनीहरुको सम्पर्क भने नयाँ भेरियन्टको कोरोना संक्रमण देखिएका व्यक्तिसंग भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएकाे छ ।