नमोबुद्ध नगरप्रमुखबाट कोरोनामुक्त किशाेरीकाे अभिभावकत्व ग्रहण

khabarwave
१७ भाद्र २०७७

काभ्रे । काभ्रेकाे  नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले कोरोना संक्रमणबाट मुक्त भएकी एक किशोरीको शिक्षाका लागि अभिभावकत्व ग्रहण गरेर उदाहरणीय काम गरेका छन् । धुलिखेल अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी नमोबुद्ध नगरपालिका ५ की ती किशोरीको घरमै पुगेर नगरमुख तिमल्सिनाले स्नातक तहसम्मको शिक्षाका लागि व्यक्तिगत तर्फबाट खर्च व्यहोर्ने गरी अभिभावकत्व ग्रहण गरेका हुन् ।देशका विभिन्न स्थानमा कोरोना संक्रमितमात्रै नभई उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथिसमेत दुव्र्यवहार भइरहेका बेला संक्रमित‌‍ र परिवारको हौसला बढाउन नगर प्रमुख तिमल्सिना वडाअध्यक्ष बुद्धसिंह तामाङलाई साथमै लिएर गत हप्ता घरैमा पुगेका थिए ।किशोरीको परिवारको आर्थिक अवस्था कमजोर रहेको जानकारी पाएपछि आफ्नै खर्चमा उनलाई स्नातकसम्म पढाउने निर्णय गरेका हुन् ।किशोरीकाे परिवार सामान्य खेती किसानी गरेर  चलाउँदै आएका छन् ।नमोबुद्ध नगरपालिकाका प्रमुख तिमल्सिनाले विगतदेखि नै व्यक्तिगत तर्फबाट विपन्न र जेहेन्दार विद्यार्थीको शिक्षाका लागि सहयोग गर्दै आएका छन् । जसलाई नगरबासीले समेत मुक्तकण्ठले प्र‌‌श‍‌ंशा गरेका छन ।

ती किशोरी अहिले कक्षा १२ मा अध्ययनरत छिन् । उनको परिवारमा ६ जना रहेका छन् भने परिवारको आर्थिक अवस्था एकदमै कमजोर रहेको छ ।

जनप्रतिधि आफ्नो घरसम्मै आएर हौसला प्रदान गरेकोमा संक्रमणबाट मुक्त भएकी किशोरीकाे परिबारले खुशी व्यक्त गरेकाे छ । कोरोना संक्रमण देखिएपछि किशोरी  साउन ३१ गतेदेखि धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो ।                –राजु बस्नेत,काभ्रेबाट

Loading spinner