नबिल बैंकद्वारा ३५.२६ प्रतिशत लाभांश घोषणा

khabarwave
७ पुष २०७७

काठमाडौं । नबिल बैंकले वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ । सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले यो वर्ष सेयरधनीहरुलाई ३५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांशमध्ये ३३.५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश वितरण गरिनेछ ।
हाल बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैंया छ ।

प्रस्तवित लाभांश वितरण गर्दा बैंकल कुल ३ अर्र्ब ५३ करोड रुपैयाँ बराबरको लाभांश दिनेछ । यो लाभांशपछि बैंकको चुक्ता पुँजी १३ अर्ब ३४ करोड रुपैयाँ पुग्नेछ । यो लाभांश वाणिज्य बैंकहरुमध्येकै धेरै हो । हालसम्म लाभांश घोषणा गरेका २४ वाणिज्य बैंकले बढीमा २० प्रतिशत लाभांश दिएका छन् । यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भई साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीहरुलाई वितरण हुनेछ ।

Loading spinner