धरौटी माग गर्ने अस्पतालहरुलाई स्पष्टीकरण साेधियाे

khabarwave
१६ कार्तिक २०७७

काठमाडौं । सरकारी निर्देशन अनुसार भन्दै विभिन्न सरकरी अस्पतालले सूचना नै प्रकाशन गरी धरौटी रकम माग गरेपछि सरकारले सरकारी अस्पतालहरुलाई धरौटी शुल्क नलिइ कोरोनाको उपचार गर्न निर्देशन दिएको छ ।  ।
उपत्यका तथा उपत्यका बाहिर रहेका सबै सरकारी अस्पतालहरुले कोरोनाको उपचार गर्न धरौटी रकम राख्नुपर्ने भन्दै सूचना प्रकाशन गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरौटीका लागि सूचना प्रकाशन गर्ने अस्पतालहरुलाई स्पष्टीकरण समेत सोधिएको छ ।

Loading spinner