देहरादुन घटनाकाे वास्तविकता सार्बजनिक गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीकाे ध्यानाकर्षण

khabarwave
१३ कार्तिक २०७७

काठमाडौं ।भारतको देहरादुनस्थित शाक्य एकेडेमीमा अध्ययनरत नेपाली विद्यार्थीलाई तत्काल उद्धार गर्नुपर्ने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले  बताएका छन् ।

शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई ट्विटरमा मेन्सन गर्दै विद्यार्थीको अविलम्ब उद्धार गर्न र भारत सरकारको ध्यानाकर्षण गराउन माग गरेका हुन् ।

उनले लेखेका छन्, ‘देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थीहरू निर्घात पिटिएको घटना अत्यन्तै गम्भिर छ ।’

Loading spinner