
दीपक मनाङेलाई २५ हजार जरिवाना
काठमाडौं । निर्वाचन आयोगले राजीव गुरुङ ९दीपक मनाङे० लाई २५ हजार जरिवाना तिराउने भएको छ । चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउन पुग्दैन भनेर अभिव्यक्ति दिएपछि मनाङेलाई आयोगले जरिवाना तिराउने निर्णय गरेको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले बताए । मनोनयन दर्ताको समयमा यस्तो अभिव्यक्ति दिएपछि आयोगले मनाङेलाई कात्तिक १४ गते स्पष्टीकरण सोधेको थियो । मनाङ प्रदेश सभा ‘ख’ बाट निर्विरोध निर्वाचित भइसकेका छन् । यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।