दर्जन सिडियाे यताउता, पावर नहुने मन्त्रालय तानिए
काठमाण्डाै । गृह मन्त्रालयले करीब एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे हेरफेर गरेको छ । मन्त्रालयमा कार्यरत २ सह–सचिव र ५ उप–सचिवसहित १६ जना कर्मचारीहरुको सरुवा गरिएको हो । डडेलधुराका सीडीओ रहेका हरिप्रसाद घिमिरेलाई पनि गृह मन्त्रालयमा तानिएको छ । टिकापुरको इलाका प्रशासन कार्यालयमा कार्यरत उपसचिव मोहनराज जोशीलाई देउवाको गृहजिल्ला डडेलधुरामा सीडीओ बनाएर पठाइएको छ ।
सह–सचिव कमलराज ढकाल भोजपुर र सहसचिव जयनारायण आचार्य कास्कीको प्रमुख जिल्ला अधिकारी बनेका छन । कास्कीका प्रमुख जिल्ला अधिकारी रहेका थानेश्वर गौतम गृह मन्त्रालय तानिएका छन् ।लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईँटेल, डडेलधुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र रसुवाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकाल गृह मन्त्रालय तानिएका छन् ।
इलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका उपसचिव डोरेन्द्र निरौलालाई जगन्नाथदेवल काठमाडौंको जेलर बनाइएको छ । त्यस्तै, लमजुङमा सुशिल वैद्य, मुगुमा रोमबहादुर महत, मनाङमा रवीन्द्रप्रसाद आचार्य, म्याग्दीमा चिरञ्जिवी राना, रसुवामा नवराज जैसीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ ।