दर्जन बढी सचिव सरुवा गर्ने तयारी, शक्तिशाली मन्त्रालय र निकायमा जान कडा प्रतिस्पर्धा

khabarwave
१३ माघ २०७७

काठमाण्डाै ।  सरकारले विभिन्न मन्त्रालय र आयोगका  दर्जन बढी सचिवको सरुवा गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । अख्तियार दुरूपयाेग अनुसन्धान,    निर्वाचन आयोग, लोक सेवा आयोग, गृह, संघिय मामिला , संचार तथा सूचना प्रबिधि, अर्थ,महिला बालबालिका,  स्वास्थ्य, पर्यटन मन्त्रालयलगायतका सचिब सरूवा हुने बताइएकाे छ । अघिल्लै मन्त्रिपरिषद बैठकले सचिब सरूबा गर्ने भनिएपनि तयारी नपुगेकाेकारण  निर्णय हुन नसकेकाे र अबकाे मन्त्रिपरिषद बैठकबाट सचिब सरूवा बारे निर्णय हुने दाबी स्रोतको छ । नयाँ मन्त्रीले सचिव रोज्ने र केही प्राविधिक समस्याका कारण तयारी पनि पेचिलाे बनेकाे स्रोतकाे भनाइ छ ।

बाहिर चर्चा चलेअनुसार गृहमा संघिय मामिलाका सचिब एकनारायण अर्याल वा सूर्य गाैतम,    संघिय मामिलामा अख्तियार दुरूपयाेग अनुसन्धान आयोगका सचिब सुरेश अधिकारी,अख्तियारमा पर्यटन सचिब यादब काेइराला,उद्याेगमा प्रदेश १ का प्रमुख सचिब दिनेश भट्टराइ   पर्यटनमा ताेयानारायण ज्ञवाली, निर्वाचन आयोगमा महेश्वर न्याैपाने,अर्थमा लक्ष्मण अर्याल वा मधु मरासिनी, लोक सेवा आयोगका सचिब  अर्जुन पाेखरेल  स्वास्थ्य मन्त्रालयमा, संचार तथा सूचना प्रबिधिमा यामकुमारी खतिवडा वा ताेयम राय, शहरी बिकासमा मणिराम गेलाल,शिक्षामा पनि नयाँ सचिब ल्याउने तयारी भइरहेकाे  बताइएकाे छ ।

सरकारले दर्जन बढी सचिव र ठूलाे संख्यामा   सह–सचिवको एकैपटक सरुवा गर्ने प्रक्रिया थालेको हाे । प्रतिनिधिसभा विघटन भएलगत्तै निर्वाचन घोषणा गरेको सरकारले निर्वाचनलाई सहयोग पुग्ने गरी सचिव र सह–सचिवको सरुवा गर्न लागेको हो ।

 

 

Loading spinner