थप १९४६ जनामा संक्रमण पुष्टि

khabarwave
२९ कार्तिक २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ७५३ नमुना परीक्षण गर्दा ८१६ महिला र ११३० पुरुषमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार यससँगै कुल संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । उनीहरुमध्ये १ लाख ७० हजार ६३२ जना संक्रमणमुक्त भएका छन ।

Loading spinner