तुलसीपुर घटनाकाे अनुसन्धान गर्न झण्डै तीन दर्जन युवा प्रहरी नियन्त्रणमा, साेधपुछ हुँदै

khabarwave
१२ कार्तिक २०७७

काठमाण्डाै । दाङ तुलसीपुरका कुमार (कमारा) विकको खुट्टा छिनालिएको घटना अनुसन्धान गर्न प्रहरीले ३३ जना युवालाई नियन्त्रणमा लिएको छ ।गोलौरी गाउँमा आफ्नो भान्जाको विहे भोज खाएर आफ्नो घरतर्फ जाँदै गरेका विकमाथि पढ्ढा र गौलौरीको बीचको खेतमा अज्ञात समुहले उनीमाथि सांघातिक आक्रमण भएको थियो।

उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी नवलपुर निवासी ४५ वर्षीय विक तुलसीपुर १० गोलौरीमा सोमवार राति एउटा खुट्टा छिनालिएको अवस्थामा फेला परेका थिए।अत्यधिक रक्तस्रावका कारण उनको अवस्था गम्भीर छ।

सोही घटना अनुसन्धान गर्न गोलौरी आसपासका ३३ जना युवाहरूलाई पक्राउ गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका जानकारी दिएकाे छ । पक्राउ परेकाहरू माथि सोधपुछ र अनुसन्धान जारी छ ।
घाइते विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि सोमवार राति नै थप उपचारका लागि बाँके रिफर गरिएको थियो। त्यहाँबाट पनि घाइतेलाई मंगलवार थप उपचारका लागि भारतको लखनउतर्फ लगिएको छ।

 

 

Loading spinner