
तीन अस्पताल कोभिड अस्पताल
काठमाडौं । काेभिडका बिरामी बढ्दै गएपछि स्बास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेकाे छ ।
मन्त्रालयकानुसार काठमाडौं उपत्यकाको जनमैत्री र कान्तिपुर अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरिएको हो । जनमैत्री लामो समयदेखि बन्द थियो ।
यस्तै वीरगञ्जको नेशनल मेडिकल कलेजको शिक्षण अस्पताललाई पनि कोभिड अस्पतालमा सूचीकृत गरिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।