तामाङ दम्पती ओली समूहमा यसकारण फर्किए

khabarwave
८ फाल्गुन २०७७

काठमडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि  नेताहरू गुट बदल्ने केम बढ्दाे छ ।   सुरुमा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई दम्पती ओली समूहका बैठकमा सहभागी भए पनि केही दिनमै प्रचण्ड-माधव समूहमा फर्किएका थिए । अहिले पूर्वमन्त्री  तामाङ र प्रदेश १ की सांसद राई ओली समूहमा फर्किएका छन् ।

प्रचण्ड-माधव समूहबाट  प्रचण्ड-माधव समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि  केपी समूहमा दुवैजना फर्किएकाे बताइएकाे छ ।तामाङ चुनावमा सिन्धुपाल्चोक-२ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् । पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् । उनलाई ओली समूहले यसअघि केन्द्रीय सदस्य बनाएको छ ।

Loading spinner