
तातोपानी नाका फेरि बन्द
काठमाडौं । आइतबारदेखि सञ्चालनमा आएको तातोपानी नाका फेरि बन्द भएको छ ।लोड अनलोड गर्ने ३ जना मजदूरमा कोरोना पोजेटिभ देखिएपछि नाका बन्द भएको हो । उनीहरुको नेपाल र चीनमा गरी दुईपटक कोरोना परीक्षण गरिएको थियो । नेपाली परीक्षण नेगेटिभ नतिजा आएका मजदूरमा चिनियाँ ल्याबमा परीक्षण गर्दा नतिजा पोजेटिभ आएको जनाइएको छ ।
शनिबार नेपालबाट चीनतर्फ पठाइएका २९ चालक तथा लोड गर्ने श्रमिकहरुको आइतबार कोरोना परीक्षण गरिएको र तीमध्ये ३ जनामा संक्रमण देखिएको जनाइएको छ । मजदूरहरुमा कोरोना संक्रमण देखिएपछि नाका बन्द भएको छ भने चीनतर्फ रहेका नेपाली मजदूरलाई फर्काउने विषयमा कुराकानी भैरहेको तातोपानी भन्सार कार्यालयको भनाई छ ।