
डा तोसिमाको पक्षमा सर्वोच्च
काठमाडौं । सर्वोच्च अदालतले डा तोसिमा कार्कीको उम्मेदवारीविरुद्ध परेको भ्याकेटको निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले यसअघि जारी भएको अन्तरिक बदर गर्न अस्वीकार गरेको हो। डा कार्की ललितपुर २ बाट प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार हुन्।