डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघ आन्दोलनमा , आकस्मिक र कोभिडका सेवा बाहेक बहिस्कार

khabarwave
२१ आश्विन २०७७

काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वार्ता टोली गठन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएपछि चिकित्सक संघले दबाबमुलक आन्दोलन घोषणा गरेको हो ।

आन्दोलनका कार्यक्रममा बिहिबार २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने शुक्रबार २३ गते देशभर आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने संघले बताएको छ । साथै यो अवधिमा पनि वार्ता टाेली गठन गरी डा. केसीको सत्याग्रह अन्त्य नगरिए थप कडा आन्दोलन गर्ने संघको चेतावनी छ ।

 

Loading spinner