झाँक्रीलाई कसैको रोहबरमा मात्र छाड्न सकिने प्रहरीकाे भनाइ,नेता योगेश भन्छन-निशर्त छाड्नुपर्छ

khabarwave
२९ माघ २०७७

काठमाडौं ।  नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई कसैको रोहबरमा मात्र छाड्न सकिने बताएको छ ।प्रहरीले राज्यविरुद्ध कसुरमा अनुसन्धानका लागि भन्दै घरबाटै पक्राउ परेकी झाँक्रीलाई महानगरीय प्रहरी महाशाखा  नेता योगेश भट्टराईलाई महाशाखा प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई आफ्नो रोहवरमा बुझेर लैजान आग्रह गरेका हुन् ।

भट्टराईले भने राज्य विरुद्धको कसूर लगाएर पक्राउ गरिसकेकाले व्यक्तिगत रुपमा जिम्मा लिन इन्कार गरेकाे बुझिएकाे छ । झाँक्रीलाई निशर्त छाड्नुपर्ने उनकाे माग छ  ।गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे बोलेको विषयलाई लिएर उजुरी परेको भन्दै महाशाखाले नेतृ झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो ।

Loading spinner