
जिल्ला प्रशासन कार्यालय काठमाडौंकाे यस्ताे आयाे आदेश
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भिडभाड हुने कुनै पनि गतिविधि नगर्न निर्देशन जारी गरेकाे छ । उसले नोवेल कोरोना भाइरस कोभिड– महामारीका बीच सभा, जुलुस, प्रदर्शन वा अभियानको नाममा भिडभाड गर्नेलाई कानुनी कारबाही गरिने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ नियन्त्रणमा नआइसकेको र भिडभाड गर्दा महामारीले भयावह रुप लिन सक्ने बताइएकाे छ ।